काठमाडौँ, २९ असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले बेलायतसँगको सबै किसिमका सम्झौता लगभग अन्त्य भएको बताएका छन् । विरोधकाबीच बेलायत भ्रमणमा रहेका ट्रम्पले आज एक अन्तर्वातामा प्रधानमन्त्री मेको बे्रक्जिट योजना यसको प्रमुख कारण भएको बताएका छन् । यद्दपी उनले आफ्नो र मे बीचको सम्बन्ध अबका दिनमा अहिलेको भ्रमण भन्दा राम्रो हुन नसक्ने बताए ।
उनले बेलायतको विदेश सचिवबाट भरखर राजिनामा दिएका बोरिस जॉनसनलाई भेट गरी उनी निकट भविष्यका वेलायतका प्रधानमन्त्री भएको पनि बताए ।
ट्रम्पको सो भनाई प्रति प्रतिक्रिया दिँदै बेलायती प्रधानमन्त्री मे ले जॉनसन आफ्नो क्याविनेटको पुर्व विदेश सचिव बाहेक अरु हैसियतमा रहन नसक्ने बताएकी छिन् । –एजेन्सी















प्रतिक्रिया