
काठमान्डौँ , असार २८ । शुक्रबारबाट नेपालभर प्रदर्शनमा आउन लागेको सलोन बस्नेत अभिनित चलचित्र ‘बाबु कान्छा’ लाई सेन्सर बोर्डले युनिर्भसल सर्टिफिकेट दिएको छ ।
सेन्सर बोर्डले फिल्मलाई बालबालिका, युवा युवति तथा सबै उमेर समुहका ब्यक्तिहरुले हेर्न पाउने भएका छन । नेपाली सिनेमा जगतका लागि फरक धारको विषय बस्तुमा आधारित रहेर तयार पारिएको कारणले पनि सबै दर्शकका लागि उत्तिकै महत्वपूर्ण हुने फिल्मका निर्देशक शोभित बस्नेतले बताए ।
माया प्रेम र रोमान्सका दृश्यहरुलाई निकै कलात्मक रुपमा चलचित्रमा समेटिएको छ । फिल्ममा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।















प्रतिक्रिया