१ कार्तिक २०८३, आइतबार

पैसा उठाएर गुरुकुल नेशनल उच्च माविका सञ्चालक फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gurucul Collageकाठमाडौं, २८ पुस । तीन वर्षअघि राजधानीमा खुलेको एउटा कलेजका सञ्चालक विद्यार्थीको पैसा उठाएर भागेपछि विद्यर्थी बिचल्लीमा परेका छन् ।

गौशालामा रहेको पिरामिड कलेज खरिद गरेर नाम परिर्वतन गरी गुरुकुल नेशनल उच्च माविका सञ्चालक विद्यार्थीलगायत कलेजसँग जोडिएका अन्य ब्यक्तिलाई ठगी गरेर फरार भएका हुन् ।

त्यसरी फरार भएका तीन सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी घर भएका गुरुकुल उच्च माबि सञ्चालक सुजित सिंह, त्यसका प्रशासकिय अधिकृत सरोज राना मगर र ब्यापारी सर्लाही भक्तिपुर घर भएका मनोजकुमार आचार्य छन् ।

यिनीहरुले पिरामिड क्याम्पस २०६९ मा किनेर गुरुकुल नेशनल उच्च माबि बनाएका थिए । त्यहाँ पढाउन आएका शिक्षकलाई तलब नदिई राखेका थिए ।

शिक्षकहरुले तलब माग गर्दा उच्च मावीको सेयर दिने भन्दै उल्टो सेयर किन्न लगाएर ठगी गरेको प्रहरीले जनाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘बिद्यार्थीबाट पनि शुल्क उठाएर शिक्षकलाई नदिने र त्यो बाहेकको अन्य हिसाब किताब पनि भद्रगोल छाडेर भागेको पाइयो’ ब्युरोकी नायब उपरिक्षक (डीएसपी) किरण बज्रचार्यले भनिन् ‘सञ्चालककै कारण चार सय बिद्यार्थीको भबिष्य अन्यौलमा पर्‍र्यो ।’

उनका अनुसार यो समुहले झण्डै दुई करोड रुपैंया बराबरको ठगी गरेको छ । क्याम्पस बाहिरकै ब्यक्तिलाई समेत त्यसको सेयर दिने भन्दै रकम ठगी गरेका थिए ।

शिक्षक, कर्मचारीलाई पारिश्रामिक बापत पाउनुपर्ने रकम नदिई भागेका थिए । कलेज प्रचार प्रसारको बिज्ञापन, प्रशारण, छपाई लगायतका रकम सम्बन्धित ब्यक्ति वा कम्पनीलाई नदिएको प्रहरीले जनाएको छ ।

मनोजकुमार आचार्यको नाममा किर्ते सेयर लगानी देखाएर सिदार्थ डेभ्लप्मेन्ट बैङक जोरपाटी शाखाबाट १ करोड ८ लाख रुपैंया ऋण लिएर नतिरेको प्रहरीले जनाएको छ ।

क्याम्पस सञ्चालन गरेको भवन, होस्टल भवन लगायतको पैसा समेत नदिई फरार भएका थिए । यिनीहरुलाई प्रहरीले सुनसरी र काठमाडौंबाट पक्राउ गरेको हो ।