काठमाडौँ, २७ असार । एनआईसी एशिया बैंकले कञ्चनपुरस्थित पुनर्वासमा नयाँ शाखा विस्तार गरेको छ । बुुधबार पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाले सो नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
बैंकले मुलुकभर २२६ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाइमार्फत बैंकिङ सेवाप्रदान गर्दै आइरहेको जनाएको छ । बैंकको वासलातको आकार १७८ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १५१ अर्ब रुपैयाँ पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कूल कर्जा करिब १२० अर्ब रुपैयाँसहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बैंकको दाबी छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बताएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।















प्रतिक्रिया