१ कार्तिक २०८३, आइतबार

हिसानमा पुनः उमेश श्रेष्ठ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umesh-Shrestha

काठमाडौँ, २७ पुस । उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) को राष्ट्रिय महाधिवेशनले विगतकै नेतृत्वलाई एक वर्ष कार्यकाल थप गरेको छ ।

नयाँ अध्यक्ष पदमा वर्तमान उपाध्यक्षहरु डा माधव बराल र रमेशकुमार सिलवालले समूहगत प्रचारसमेत गरिसकेको अवस्थामा विवादलाई साम्य पार्न उमेश श्रेष्ठ अध्यक्ष रहेको आयोजक समितिलाई नै निरन्तरता दिइएको हो ।

अध्यक्ष श्रेष्ठ मन्त्रिपरिषद्को मनोनित कोटाबाट संविधानसभाको सदस्य भएपछि नयाँ नेतृत्व चयनका लागि अधिवेशन आयोजना गरिएको थियो ।

एक वर्षपछि सम्मेलन गरेर नयाँ कार्यसमिति गठन गर्न सभामा सहमति भएकाले पुरानै कार्यसमितिको निरन्तरता हुने आयोजक समितिका सदस्य रामहरि सिलवालले जानकारी दिनुभयो ।