२ कार्तिक २०८३, सोमबार

व्यवसायीमैत्री ऐन कानुन निर्माणका लागि महासंघको आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ असार । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीमैत्री ऐन कानुन निर्माणका लागि पहल गरिदिन कानुनमन्त्री शेरबहादुर तामाङ समक्ष आग्रह गरेको छ ।

महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीमैत्री ऐन कानुनको अभावमा व्यवसायीहरुले भोग्नु परेका समस्याका बारेमा जानकारी पनि गराएको छ । व्यवसायीहरुको समस्या स्थायी रुपमा सम्बोधन हुने गरी यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न मन्त्री तामाङ समक्ष आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष श्रेष्ठसँगै महासचिव रामशरण देउजा, सदस्य शिव चौलागाई, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायत सहभागी थिए । यसैबीच महासंघका उपाध्यक्ष पेम्वा लामा शेर्पाको विरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम कोरलानाका–अपरमुस्ताङ, तामखोला सडक खण्डको निर्माण कार्यमा संलग्न २० मजदुरको ट्रिपर दुर्घटनामा निधन भएकोेमा महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

विज्ञप्ति जारी गर्दै महासंघले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको उक्त दुर्घटनामा परी घाइते भएका १२ जनाको शीघ्र स्वास्थ्य लाभको लागि कामना गरेको छ ।

अकल्पनीय र काबु बाहिरको परिस्थितिमा भएको यस घटनालाई भवितव्य ठान्दै महासंघले घाइतेहरुको उचित उपचारको व्यवस्थाको लागि आ–आफ्नो ठाँउबाट सहयोग गरिदिन स्थानीय निकाय, ट्रेड युनियनहरु, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण व्यवसायी सबैलाई अनुरोध गरेको छ ।

साथै मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि विज्ञप्तिमा माग गरिएको छ ।