२ कार्तिक २०८३, सोमबार

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १०९.६४ रुपैयाँ र बिक्रिदर ११०.२४ रुपैयाँ तोकेको छ ।

त्यस्तै एक युरोको खरिददर १२९.१४ रुपैयाँ र बिक्रिदर १२९.८५ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४६.२९ र बिक्रिदर १४७.०९ रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८१.९६ रुपैयाँ र बिक्रिदर ८२.४१ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८३.८२ रुपैयाँ र बिक्रिदर ८४.२८ रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेती एक दिनारको खरिददर ३६२.६४ रुपैयाँ र बिक्रिदर ३६४.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३०.११ रुपैयाँ र बिक्रिदर ३०.२८ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.२२ रुपैयाँ र बिक्रिदर २७.३७ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.८६ र विक्रिदर ९.९१ तथा १० जापानी येनको खरिददर ९.९३ र बिक्रिदर ९.९८ रहेको छ ।