४ कार्तिक २०८३, बुधबार

प्रुडेन्सीयल इन्स्युरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौ, २५ असार । जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेव ाप्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले बैंकले उक्त सम्झौता गरेको हो ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र पु्रडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटीएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।