४ कार्तिक २०८३, बुधबार

यी दुई अभिनेत्रीबीच पानी बाराबार

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुई नेपाली अभिनेत्रीबीच पानी बाराबारको सम्बन्ध रहेको सतहमा नै देखिएको छ । ‘विन्दास गर्ल’ सुष्मा कार्की र ‘प्रेमगीत गर्ल’ पुजा शर्माबीचको तितो सम्बन्ध सतहमा देखिएको हो ।

फिल्म पत्रकार उत्सव रसाइलीको वेभसाइटको पहिलो बार्षिकोत्सव कार्यक्रममा यस्तो दृश्य देखिएको हो । दुवैलाई मिलाउनका लागि हात तानी तानी ‘ह्यान्डसेक’ गराउन खोज्ने अभिनेत्री रेखा थापा पनि जिल्ल परेकी छन् । उनले सुष्माको हात तानेर पूजासँग मिलाउने कोशिश गरेकी थिइन् । तर सुष्माले मतलब राखिनन् ।

रेखा, पुजा र श्वेता खड्का सँगै बसेका थिए । सुष्माले रेखा र श्वेतासँग अंकमाल गरिन् तर पुजालाई वास्ता गरिनन् । जबरजस्ती रेखाले हात मिलाउन खोज्न सेतो कोट लगाएकी सुष्माले वास्ता गरिनन् । पुजा हेरेको हेरै भइन् । उनको अनुहारको चमक गुमेको थियो ।

उनीहरूको सम्बन्ध विग्रिनुको खास कारण खुलाइएको छैन । तर घमन्डी प्रकृतिकी पूजा र एटिच्युड भएकी सुष्माको मिलन कहिले होला त ?