१ कार्तिक २०८३, आइतबार

पृथ्वीनारायणलाई सम्झिँदै दौड प्रतियोगिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priनुवाकोट, २७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मृतिमा आइतबार नुवाकोट दरबार क्षेत्रमा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

दुई सय त्रियान्नब्बेऔँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नुवाकोटको केउरिनीदेखि साततले दरबारसम्मको चारकिलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको हो ।

आजै दिउँसो नुवाकोट दरबार क्षेत्रमा आयोजना हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रमुख अतिथिका रुपमा सहभागी हुँदै हुनुहुन्छ ।

यस्तै, शाह दिवङ्गत भएको देवीघाटमा पनि कार्यक्रम गरिँदै छ । शाहको सालिक रहेको विदुर नपा–७ देवीघाटमा पृथ्वी स्मारकमा पनि कार्यक्रम गरी पृथ्वीको योगदानलाई स्मरण गरिने भएको  छ ।

शाहले जीवनको अन्तिम समयमा आफ्ना भाइभारदारहरुलाई नुवाकोट दरबारमा राखेर आफ्ना जीवनका अनुभव सुनाएका थिए जसलाई अहिले दिव्य उपदेश भन्ने गरिएको छ । रासस