४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकद्वारा सोलार वत्ती तथा सीसीटीभी क्यामरा हस्तान्तरण

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथा सीसीटीभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको छ ।

पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको उपस्थितिमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथा सीसीटीभी क्यामराहरु हस्तान्तरण गरिएको हो । यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक कृयाकलापमा सहयोग पुर्‍याउने हुनाले उक्तकार्यको नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर शिवराज श्रेष्ठले प्रशंसा गरे ।

बैंकले मुलुकभर २२५ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालसहितको बैंक भएको छ । बैंकको वासलातको आकार रू. १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कूल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफल भइसकेको बैंकको दाबी छ ।