२ कार्तिक २०८३, सोमबार

पहाडको आलु तराईमा लोकप्रिय

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २३ असार । खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हुँदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ ।

आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट दैनिक १५ लाख मूल्य बराबरका पाँच टन आलु आउने गरेको जनाएको छ । भारतीय आलु भन्दा पालुङको नयाँ आलु खानामा स्वादिलो तथा मिठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीना बजारस्थित आलुका थोकव्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताउनुभयो ।

यहाँ करीब १५ जना थोक व्यापारी छन् । तिनीहरु पालुङका आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुका माग बढ्दै गएपछि यतिखेर सीमावर्ती भारतीय बजार रक्सौलका व्यापारीले टागामा लोड गरेर दैनिक एक टन आलु लाने गरेका छन् । अहिले पालुङको आलु स्थानीय बजारमा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको छ । –रासस