वारा, २७ पुस । पथलैयाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना१८प ६१३ र बिपरित दिशाबाट आउँदै गरेको ना१८प ६४९४ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुईजनाको ज्यान गएको छ ।
दुर्घटनामा परी रौतहटको चन्द्रपुर नगरपालिका–५ का ३५ वर्षीय नेत्र थापा र पर्साको वीरगञ्ज–१६ का ३० वर्षीय सागर महतले ज्यान गुमाएको प्रहरी जानकारी दिएको छ । प्रहरीका अनुसार थापाको घटनास्थलमा र महतको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।
थापा चन्द्रनिगाहपुरमा सञ्चालित नेशनल बुक्स सेन्टरका सञ्चालक हुन् । महत ज्योति विकास बैंकका कर्मचारी हुन् । दुर्घटनमा थापाकी पत्नी ३० वर्षीया दुर्गा र महतसँगै मोटरसाईकलमा सवार महोत्तरी घर भएका ३५ वर्षीय कुलदिप सिंह पनि गम्भीर घाईते भएका छन् ।
कुलदीपको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा र दुर्गाको काठमाडौं स्थीत बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया