
काठमाडौं । मिस नेपाल २०१७ की फस्ट रनरअप नीति शाह र कान्तिपुर ग्रुप अफ मिडियाका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सम्भव सिरोहिया प्रेममा रहेका छन् ।
यो जोडीबीचको प्रेमले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । नीति र सम्भव केही समयअघि सँगै जापान भ्रमणमा पुगी क्यान्डल नाइट डिनर गरेको पनि चर्चा चलेको छ । उनीहरूबीच प्रेम हुनसक्ने प्रमाणका रूपमा नीतिले सामाजिक सञ्जाल इन्स्टाग्राममा सिरोहियासँगको तस्बिर सेयरलाई पनि धेरैले बुझेका छन् ।
सिरोहियाको एउटा तस्बिर पोस्ट गर्दै उनले – माई क्याप्टेन भनेर पनि लेखेकी छन् । जसमा उनका फलोअरले दुईबीच प्रेम रहेको विभिन्न कमेन्ट समेत गरेका छन् ।















प्रतिक्रिया