४ कार्तिक २०८३, बुधबार

यता पोल दिने, उता ‘बोल्ड’ दिने

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतिपय मोडल र कलाकार, गायिकाले नेपालमा निर्माता, निर्देशक वा अन्य व्यक्तिले आफुसँग यौन प्रस्ताव राखेको क्रान्तिकारी प्रतिक्रिया दिन्छन् । तर, विदेशी स्टेजमात्र होइन आयोजकका कोठासम्म रात कटाउन तयार हुने गरेका विषय ओपन सेक्रेट जस्तो हुन थालेको छ ।

हिम्मत गरेर यस्ता विषयको खुलासा गर्ने कम छैनन् । तर सहज स्वीकारेर विदेशी स्टेजमा धुम मच्चाउनेहरूको अन्तरकर्था कालो बनिरहेको छ । अझ नेपालमा क्रान्तिकारी कुरा गर्नेको विदेशी स्टेजसम्मको पहुँच र सम्बन्धको कथा निक्कै पेचिलो हुने गरेको छ ।

मलेसीया, युएई, जापान, हङकङ, कोरिया, अष्ट्रेलियादेखि अमेरिकासम्म सुन्दर युवतीका लागि कार्यक्रमको स्टेज तयार हुन्छ । त्यतिमात्र होइन आतेजाते प्लेन भाडा, बस्ने घुम्ने व्यवस्था पनि । यो सँगै उनीहरूको सम्झौता हुन्छ ‘मालदार आयोजक सदस्यसँग समय विताउने’ । कतिपय समुहमा गए पनि व्यक्तिगत रूपमा यौन प्रस्तावलाई समेत मानेर जाने गरेको केही आयोजकले नै बताउने गरेका छन् । ‘राम्रा युवती बोलाउनुको कारण पैसा तिर्नुमात्र कहाँ हुन्छ र ? उनीहरूसँग समय बिताउनु पनि हुन्छ’, यौन प्रस्ताव समेत हुने गरेकोतिर संकेत गर्दै कोरियाका एक इभेन्ट सञ्चालक भन्छन्,‘उनीहरूको गला, कलासँगै अन्य चिजका लागि पनि त हामीले पैसा तिरेका हुन्छौं ।’

विदेशी स्टेज भन्नासाथ हौसिएर टिकट बोकी हुत्तिनेहरूको लाम लामै छ । उनीहरूले भिसा र विदेश छिर्न पाउने अवसरसँग सम्झौता गरेका हुन्छन् । कतिपयले त रकम तिरेर भनेजस्तो रमाइलो गर्न पाएको समेत उल्लेख गरेका छन् । ‘अहिले केही मानिस फेसबुकमा क्रान्तिकारी कुरा गरेको सुन्छु । तर उसको क्रान्तिकारी सवालजवाफ भित्र फेरि सम्पर्क नहुने सम्झौतामा बिताएको समय सम्झन्छु’, अर्का इभेन्ट आयोजकले सुनाए,‘सायद कलाकारिताभित्रको यो पनि एउटा रोचक पक्ष होला ।’

केही समयअघि आयोजकको यस्तो प्रस्तावका विषयमा मोडल प्रमिला न्यौपानेले खुलासा गरेकी थिइन् । मलेसियको युनिक धमाका–७ कार्यक्रम विवादमा आनुको कारण आयोजकको नियतको खुलासा भयो । न्यौपानेले सामाजिक सञ्जाल फेसबुकममा ‘कार्यक्रमको बहानामा सेक्स प्रःताव राखे’को पनि लेखिन् ।

कार्यक्रममा उनीसँगै लोक गायिका गीता सेञ्चुरी, गायक भगिरथ चलाउने र विक्रमजंग शाह सहभागी रहेको आयोजकले पोस्टर सार्वजनिक गरेका थिए । पोस्टरमा उल्लेख भएअनुसार कार्यक्रमको आयोजक श्यामबाबु पटेल र भीमसेन केसी थिए ।

कतिपय कलाकार विदेशी भूमिमा टेक्नकै लागि मात्रै कार्यक्रममा सहभागी हुने चाहना राख्छन्, कोही लुक्छन् । कोही आयोजकको कृपामा बस्छन् । आयोजकले मोडल, अभिनेत्री किन राख्छन् त्यसरी ? सर्वसाधारणकै सामान्य विश्लेष छ– दालमा केही कालो हुन्छ, त्यसैले ।

विदेशमा मात्रै होइन स्वदेशमै पनि स्टेज कार्यक्रमका बहानामा नेपाली कलाकारमाथि दुव्र्यवहार हुने गरेको छ । विशेषगरी संघर्षरत् कलाकारलाई आयोजकले कार्यक्रममा बोलाएबापत गलत प्रःताव र व्यवहार गर्ने गर्छन् ।

बोल्ड र हट तस्बिर, फोटोसूट देखेपछि आयोजकको नजरमा युवती पर्ने गरेका छन् । यसरी घुमाउरो पारामा यौन प्रस्ताव राखिने गरेको विषयमा मोडल उरुषा पाण्डेले खुलासा गरेकी छन् ।

जापान, लन्डन, मलेसियालगायत देशमा कुरा आउँदा बोलाउने आयोजकको नियत खराब रहेको उनले पाइन् ।

घुम्ने, रमाइलो गर्ने कुरा भएपछि मैले ‘म तपाईंको रमाइलो गर्ने साधन होइन’ भनेर जवाफ दिएँ । पछि मेरो ठाउँमा अर्कै मोडल लगियो । उनले भन्ने गरेकी छन्,‘नेपालमा ट्यालेन्ट होइन अन्य कुरा नै विक्छ ।’ अहिले केही हिन्दी र अंग्रेजी रङमञ्चमा समेत हात हालेकी उनले हिम्मतका नियत र नियतीको बारेमा खुलाइन् ।

त्यसो त कार्यक्रम आयोजकका नियतका विषयमा नखुलाइएका होइनन् । गत बर्ष अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी गायिका निक्की कार्की स्टेज कार्यक्रमका लागि नर्थ क्यारोलिना (अमेरिका)को सार्लोटमा गएका बेला उनी आयोजकको एक सदस्यबाट दुव्र्यवहारमा परेको सार्वजनिक गरेकी थिइन् । उनले घटना लुकाइनन् । कालो काम गर्ने आयोजकका सदस्य सुशील नेपालको नामै सार्वजनिक गरिदिइन् । यस विषयले केही समय चर्चा पायो, कतिपयले कार्कीलाई पनि दोषी ठहर गरेका थिए ।

उनले सार्वजनिक गरेको घटनाक्रमअनुसार गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनामा आयोजित नासिया–आन्माको संयुक्त सम्मेलनको अन्तिम दिन कार्यक्रममा सहभागी हुन गएका बेला उनीमाथि दुव्र्यवहार भएको थियो ।

यी केही प्रतिनिधि घटनाबाहेक अन्य पनि सार्वजनिक हुने, विवादमा पर्ने, गैर आवासीय नेपाली संघका सम्बन्धित संगठनमा उजुरी पर्ने समेत गरेका छन् । कार्यक्रम धेरै हुने भएकाले आयोजकको नियतलाई साथ दिने कलाकार पनि कम छैनन् ।

त्यसो त कतिपय कलाकारहरूको टोलीले विदेशी भुमिमा यौन आशक्तिको सामान्य व्याख्या पनि गरेका छन् । तर कला, गला र कलाकारिता विकाउने भन्दा पनि सम्बन्धको फरक कसी विकाउने खेल पनि बढिरहेको बताइन्छ ।