१ कार्तिक २०८३, आइतबार

संविधान जारी नभए सरकार फेरिन्न: एमाले उपाध्यक्ष रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal-200x232

अछाम, २७ पुस । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माघ ८ मा संविधान जारी नभए वर्तमान सरकार नै कायम रहने बताउनुभएको छ ।

प्रेस चौतारी अछामले सदरमुकाम मंगलसेनमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले माघ ८ मा संविधान जारी नभए सुशील कोइराला नेतृत्वकै सरकारले निरन्तरता पाउने बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमालेवीच भएको सहमति अनुसार संविधान जारी भएमा मात्र सरकार परिवर्तनको कुरा भएकोले संविधान जारी नभएमा सरकार परिवर्तन नहुने उहाँको भनाइ थियो । हामीले संविधान जारी हुने सन्दर्भमा मात्र सरकार परिवर्तनको कुरा गरेका थियौं, नेता रावलले भन्नुभयो, संविधान जारी नभएमा के गर्ने यस विषयमा फेरी सहमति गरिने छ ।

उपाध्यक्ष रावलले कुनै पनि हालतमा नेकपा एमालेले जातिय राज्य नस्वीकार्ने बताउनुभएको छ । जातीय राज्यको अडानकै कारण सहमति भाँडिएको भन्दै उहाँले दलहरुवीच सहमति नभई अहिलेकै अवस्था रहे माघ ८ गते संविधान जारी गर्न निकै कठिन रहेको बताउनुभयो ।

आफैले गरेका घोषणा, सहमति र प्रतिबद्धता बाट पछि हटेको एकीकृत माओवादी र तराईलाई एउटामात्र प्रदेश बनाउनु पर्ने मधेशी दलको बेतुकको अडानले संविधान निर्माणमा ढिलो भएको नेता रावलको भनाइ छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले मंगलसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावालले अब नेपाली जनताले शान्ति, सम्बृद्धि, रोजगारी र विकास चाहेकाले संविधान निर्माण गरी देशलाई विकासको बाटोमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले एक बर्षमै संविधान जारी गर्ने भन्दै एकीकृत माओवादीले आफ्नो घोषणा पत्रमा भिष्म प्रतिज्ञा गरेको उल्लेख गर्दै अहिले आफै जातिय राज्यको बखेडा झिकेर सहमति र प्रक्रियाको बिरुद्ध हिडेको धारणा राख्नुभयो । आफू अन्तिम घडी सम्म पनि संविधान ल्याउने पक्षमा रहेको उहाँले बताउनु भयो ।