३० आश्विन २०८३, शुक्रबार

एमाले केन्द्रीय नेताले सुरु गरे व्यवसायिक पशुपालन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Timilsina-Parbat

गणेश गिरी

पर्वत, २६ गते । देशमा आर्थिक क्रान्तिको नारा लागिरहेका बेला एमालेका एक जना केन्द्रीय नेताले पर्वतमा व्यवसायिक गाईपालन सुरु गरेका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सिना राजनीतिसँगै कृषि ब्यवसायमा लागेका हुन् । जनतामा राजनीतिक चेतनाको जागरण आइसकेको बताउँदै तिमिल्सिनाले देशलाई आर्थिक रुपमा सम्बृद्धका बनाउन कृषि ब्यवसाय शुरु गरेका हुन ।

पोखरा उपमहानगरपालिका वडा न १५ रातीखहरेमा नमुना ब्यवसायिक कृषि तथा पशुपालन फर्मको शुरुवातसँगै तिमिल्सिना ब्यवसायी कृषि फर्ममा लागेका हुन । ३२ रोपनी क्षेत्रफलको उक्त फर्ममा ५ वटा माछाका पोखरी छन । हाल ३७ हजार माछाका भुरा उक्त पोखरीमा राखिएको तिमिल्सिनाले बताए । माछाको विक्रीबाट एक बर्षमा झण्डै ३० लाख आम्दानी हुने अनुमान गरिएको छ । फर्ममा २१ वटा मुर्रा जातका भैंसी, ७ सय कुखुरा, एक सय बाख्रा, ५ रोपनी क्षेत्रमा केराखेती, ५ वटा टनेलमा गोलभेँंडा र ३ रोपनी क्षेत्रमा तरकारी खेती समेत गरिएको छ । ८ जना कामदारले रोजगारी पाएको उक्त फर्मबाट उत्पादन भएको दुध, माछा, तरकारी पोखराको स्थानीय बजारमा बिक्री गरिएको तिमिल्सिनाले बताए । अन्य ३ जना समेतको संयुक्त लगानीमा शुरुवात गरिएको उक्त फर्ममा झण्डै साढे ४ करोड लगानी गरिएको छ ।

Ganesh-Timilsina-Parbat1

राजनीतिमा क्रियाशिल ब्यक्तिसँग फर्म साझेदारी गर्न पाएकोमा खुसी ब्यक्त गर्दै ब्यवसायीक साझेदार लिला लामिछानेले फर्ममा उत्पादन हुने सवैजसो कृषिजन्य वस्तु आर्गानिक भएको बताए । लामिछानेले फर्ममा उत्पादन भएका माछा प्रतिकेजी ३ सय रुपैंया र दूध १ सय रुपैंया प्रतिलिटरमा बिक्री भइरहेको बताए । हालसम्म सरकारी क्षेत्रबाट उल्लेख्य सहयोग नरहेको बताउदै लामिछानेले भने– ‘फर्मका लागि आवश्यक पुर्वाधार बाटो, विजुली लगाएतका भौतिक संरचनाहरु पनि हामी आफैले निर्माण गरेका छौं ।’ खोला बगरमा शुरुवात गरिएको फर्मलाई बर्षेनी सेती खोलाले कटान गरिरहेको हुँदा उक्त कटान रोक्नका लागि सरकारसंग अनुरोध गरेपछि सरकारले भने उचित सहयोग नगरेको लामिछानेको दाबी छ ।

Ganesh-Timilsina-Parbat2

पर्वत जिल्ला विकास समितिका पूर्वसभापति समेत रहेका एमाले पोलिटब्युरो सदस्य तिमिल्सिना २०५४ सालदेखि नेकपा एमालेको केन्द्रीय समितिमा छन् । एमालेको पछिल्लो महाधिवेशनपछि पोलिब्युरो सदस्य बनेका तिमिल्सिना कृषि क्रान्तिको माध्यमबाट देशबाट विदेशिएको रकम स्वदेशमै अडाउने उद्देश्यका साथ उक्त ब्यवसाय शुरुवात गरिएको दाबी गर्छन । तिमिल्सीना भन्छन्– ‘राष्ट्रियताको कुरा गरेर मात्र हुँदैन, राष्ट्रभक्ति हुनुपर्छ ।’ उनले प्रतिबर्ष खसी, बाख्रा र तरकारीमा मात्र अर्बौ रकम विदेशिएको बताउँदै एउटा खसी भएपनि नेपालमै उत्पादन गर्न सके त्यसको मुल्य नेपालमै रहने बताए ।

‘राष्ट्रियताको नाउँमा कुरा मात्र होइन, अब काम गर्नुपर्ने बेला आएको छ ।’ उनी भन्छन– ‘नेपालको मुद्रा नेपालमै राख्न सके राष्ट्रियता जोगिन्छ ।’

कृषिजन्य वस्तुमा ठूलो रकम भारत गएको बताउँदै एमालेको आर्थिक क्रान्तिको रणनीति अनुसार आफू पशु तथा कृषि जन्य ब्यवसायमा लागेको उनले बताए ।