१ कार्तिक २०८३, आइतबार

केपी ओलीमात्र परिक्षण हुन बाँकी नेता : बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-Basnet-Myagdi

म्याग्दी , २६ पुस । उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री केपी शर्मा ओली हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले माघ ८ पछि देशको प्रधानमन्त्री केपी ओली हुने बताएका हुन् ।

नेपालका समकालीन नेताहरुमध्ये केपी ओली मात्र परीक्षण हुन बाँकी नेता भएको उल्लेख गर्दै मन्त्री बस्नेतले पूर्वसहमति अनुसार कांग्रेसले माघ ८ पछि सरकारको नेतृत्व छाड्नुपर्ने धारणा राखे । गतवर्ष नेपाली कांग्रेससँगको सहमतिमा माघ ८ गते संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको स्मरण गर्दै बस्नेले सहमतिको अक्षरशः पालना गर्न कांग्रेसलाई आग्रह गरे ।

एक अर्को सन्दर्भमा बोल्दै मन्त्री बस्नेतले एमाओवादी अध्यक्ष दाहालले आफ्नो साख जोगाउनकै लागि जातीय राज्यको मुद्दा बोकेर हिँडिरहेको आरोप लगाए । ‘शान्तिप्रक्रियाको एउटा हिस्सा भएको एमाओवादी र तिनका नेताले जे मन लाग्यो त्यही बोल्ने होइन,’ बस्नेतको भनाई छ, ‘जनताको म्यान्डेटलाई स्वीकार गरेर बहुमतीय प्रक्रिया अनुसार संविधान जारी गर्न तयार हुनुको विकल्प छैन ।’

स्थानीयस्तरमा रहेका समस्याका बारेमा पत्रकारहरुले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री बस्नेतले यूवा मन्त्रीको हैसियतले आफुले आम युवाको हितविपरीत कुनै काम नगर्ने प्रतिबद्धता समेत जनाएका थिए ।