काठमाडौं । गायिका शान्तिश्री परियार र गायक जय देवकोटाको स्वरमा ‘दशा…’ बोलको तीज गीत आएको छ । युट्युवबाट रिलिज गरिएको ‘दशा…’ले राम्रो भिजिटर पाएको छ । गीतको लय गायत्री थापा र शब्द गायक जय देवकोटाका हुन् ।
विदेशमा रहेका आफन्तको पीडा तथा बेदनालाई गीतमा समेटिएको छ । गायक देवकोटाले भने, ‘तीजमा चेलीको पीडालाई समेटिएको छ ।
विदेशमा रहने दाजुभाईलाई सझिएर हुने पीडा देखाउन खोजिएको छ ।’ म्युजिक भिडियोमा गायक देवकोटा आफैले पनि मोडलिङ गरेका छन् ।
शुरवीर पण्डित, रमा थपलिया जस्ता वरिष्ठ कलाकारहरूको अभिनय रहेको गीतमा गायिका शान्तिश्री परियारको बेजोड गायकीपन देखिएको छ ।
गीतका एरेञ्जर सञ्जय श्रीपाल हुन् । तरङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतमा सारङगी हेमन्त कान्छा, बासुरी रत्न बिक, मादल पोषण मगरको रहेको छ ।















प्रतिक्रिया