१ कार्तिक २०८३, शनिबार

यमनको प्रमुख विद्रोही नेतासँगको वार्ता उपलब्धिमूलक : राष्ट्रसंघ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साना, २१ असार । यमनको विद्रोही समूहका प्रमुख नेता अब्दुल्ल मालिक अल हुथीसँगको वार्ता उपलब्धिमूलक भएको यमनका लागि राष्ट्रसंघीय प्रतिनिधिले बताएका छन् ।

विद्रोहीहरूको नियन्त्रणमा रहेको ठाउँमा दुई दिनसम्म विद्रोहीका प्रमुख नेतासँग भएको वार्ताका बारेमा यमनका लागि राष्ट्रसंघीय प्रतिनिधि मार्टीन ग्रिफिथले बुधबार जानकारी दिए ।

‘म एकदमै उत्साही छु, सकारात्मक र आशावादी पनि भएको छु, अब अवश्य पनि परिस्थितिले नयाँ मोड लिनेछ’, साना विमानस्थलमा पत्रकारहरूसँग उनले भने ।

उनले भने, ‘म विषेश गरी अब्दुल मालिक अल हुथीप्रति निकै आभारी छु, जसले मलाई भेट्न दिनुभयो र छलफललाई उपलब्धिमूलक बनाउन सहयोग गर्नुभयो ।’

राष्ट्रसंघीय प्रतिनिधि ग्रिफिथले बिहीबार राष्ट्रसंघ सुरक्षा परिषद्लाई आफुले यमनमा गरेको पछिल्लो भेट वार्ताका बारेमा बताउने पनि पत्रकारहरूलाई जानकारी दिए । एएफपी