२ कार्तिक २०८३, सोमबार

डोल्पामा दुई दिनदेखि सिडिएमए फोनसेवा अवरुद्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिपुराकोट, डोल्पा, २० असार । हिमाली जिल्ला डोल्पामा दुई दिनदेखि सिडिएमए टेलिफोन सेवा अवरुद्ध भएको छ ।

दुर्गमको भरपर्दो मोबाइल सेवा नै अवरुद्ध भएपछि डोल्पाली जनता समस्यामा परेका छन् । दुर्गम विकट जिल्लालाई सुगम क्षेत्रसँग जोड्दै सुगम र विकट बीचको दूरी कम गराउने माध्यम सिडिएमए फोन सेवा नै अवरुद्ध भएकाले शीघ्र सञ्चालन गर्न डोल्पालीले आग्रह गरेका छन् ।

“दुई दिनदेखि सिडिएमएको टावर छैन, कुना कन्दरा, जंगल सबै ठाउँमा लाग्ने सिडिएमए टावर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न ठूलो समस्या भएको छ”, त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी पूर्णकेशर न्यौपानेले भन्नुभयो । “भएको नमस्ते मोबाइल सेवाले राम्रोसँग काम गरको छैन, विभिन्न काम विशेषले जिल्लाबाहिर गएका आफन्तलाई सम्पर्क गर्न नपाउँदा ठुलो समस्या भएको छ”, उहाँले थप्नुभयो ।

सिडिएमए टावर नहुँदा थ्रिजी इन्टरनेट सेवासमेत बन्द भएको छ । दूरसञ्चार कार्यालय डोल्पाले भने कालीकोट र जुम्लाको सिमानामा पर्ने माईथाप्लामा रहेको रिपिटर टावरमा न्यून भोल्टेजका कारण डोल्पामा पनि यस्तो समस्या देखिएको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिनुभयो ।

बिहीबारसम्ममा टावर सञ्चालन हुने जानकारी पाइएको उहाँले बताउनुभयो । -रासस