काठमाडौँ, २६ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले आगामी माघ ८ मा संविधान जारी हुने सम्भावनालाई अझै इन्कार गर्न नमिल्ने बताउनुभएको छ ।
एमाले मुख्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘माघ ८ आउन अझै समय छ, जहिले पनि हामी मध्यरातमा सहमति गर्छौं,’ उहाँले भन्नुभयो, ‘दिन टरेर पनि सहमति हुने गरेको छ, त्यसैले आशा छ, हामी सहमतिको कुनै विन्दुमा पुग्नेछौं ।’
उहाँले कार्यक्रममा बोल्दै एमाओवादी अध्यक्ष प्रचण्ड दवावमा परेको पनि खुलासा गर्नुभयो । नेपालले संविधान निर्माणका सन्र्दभमा कतिपय समयमा प्रचण्ड गम्भीर भएको पनि बताउनुभयो ।















प्रतिक्रिया