२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे बैंक र एसएमए ईन्टरनेस्नलबीच सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० असार । माछापुच्छ्रे बैंक लिमिटेड र हङकङस्थित एसएमए ईन्टरनेस्नलबीच छिटो, छरितो र झन्झट रहित रेमिट्यान्स सेवाको सम्झौता भएको छ ।

ग्राहकहरुले उक्त रेमिट्यान्स सेवा एसएमए ईन्टरनेस्नलद्वारा सञ्चालित WorkerAppz बाट लिन सक्नेछन् । WorkerAppz एउटा वेब र मोबाईल App-based पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो ।

WorkerAppz का संस्थापक तथा सिइओ प्रबिन चन्दिरामनिले माछापुच्छ्रे बैंक लिमिटेडसँग रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गर्न पाउनु गौरवको कुरा रहेको बताए । उनले यस सहकार्यबाट देश विदेशमा रहेका ग्राहकहरु लाभान्वित हुने बताउँदै मानिसहरुको जीवनस्तर समेत उकास्न मद्दत पुर्‍याउने जनाए ।

सम्झौतासँगै युएई, कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर, साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १०६ स्थानबाट सम्पूर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा छन् ।