४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंकले बालुवाटारदेखि भाटभटेनीसम्म वृक्षारोपण गर्‍यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० असार । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बुधबार वृक्षारोपण कार्यक्रम गरेको छ ।

काठमाडौँ महानगरपालिका–४ को मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर, बैँकको बालुवाटार शाखा देखि भाटभटेनीसम्म वृक्षारोपण गरेको हो । बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन प्रगतिशिल धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्षारोपणकार्यक्रम सम्पन्न गरेको हो ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गरे । माछापुच्छ्रे बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाए ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर, साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १०६ स्थानबाट सम्पूर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा छन् ।