विराटनगर , २६ पुस । नेपाल काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले माघ ८ गते संविधान आउने कुरा क्षीण बन्दै गएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले संविधान जारी गर्ने विषयमा मुख्य दलबीच सहमतिमा प्रवेश गर्न सकिए पनि त्यसले सहमतिमा संविधान निर्माणका लागि बाटो खुल्ने धारणा राख्नुभयो । उहाँले लोकतान्त्रिक विधिमा फास्ट ट्रर्याक र छोटो गर्नेकुरा नहुने भएकाले सबैको सहमतिमा संविधान निर्माण प्रक्रियामा जानु नै उत्तम हो भन्नुभयो ।
उहाँले हतार गरेर संविधान जारी गर्नुभन्दा पनि सहमतिमा लोकतान्त्रिक संविधान जारी गर्न सकिए त्यो सबैका लागि हित हुने बताउनुभयो । रासस
















प्रतिक्रिया