काठमाडौं, १९ असार । नेपाली मुद्राभन्दा अमेरिकी डलर बलियो भएको छ । डलरको मूल्य अहिलेसम्मकै माथिल्लो विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्री दर मंगलबार ११० रुपैयाँ ३८ पैसा तोकेको छ । खरिद भने १०९ रुपैयाँ ७८ पैसा तोकको छ । यसअघि डलरको भाउ ११० रुपैयाँ ३८ पैसको उच्च रेकर्ड थियो ।
नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो ।
भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दरका कारण नेपाली मुद्राको भाउ खस्किदै गएको जनाइएको छ ।
भारतीय अर्थतन्त्रको तुलनामा अमेरिकी अर्थतन्त्र मजबुत हुँदै गएपछि पछिल्लो समय डलरको भाउ बढ्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पनि अमेरिकी डलरको भाउलाई बढाएको छ ।















प्रतिक्रिया