४ कार्तिक २०८३, बुधबार

सुशीलाको तिज गीत ‘रातो भाले’मा यसरी नाँचे प्रकाश

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ असार । तिज पर्व क्रमश नकिजिँदै जाँदा एकपछि अर्को तिज गीतहरु सार्वजनिक हुन थालेका छन् । यसैक्रममा गायिका सुशीला गौतमको ‘रातो भाले’ बोलको तिज गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा गायिका गौतम र गायक खुमन अधिकारीको स्वर रहेको छ । गायिका सुशीलाकै शब्दमा रहेको गीतलाई खुमनले लय भरेका हुन।

बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायक तथा मोडल प्रकाश सपूत, रिना थापाका साथमा गायिका सुशीला र गायक खुमनको अभिनय देख्न सकिन्छ ।

प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन ।

गायिकाले गत महिनामात्रै लोकदोहोरी गीत ‘गफ लायो सोल्टीले’ सार्वजनिक गरेकी थिइन् ।