२ कार्तिक २०८३, सोमबार

सिटिजन्स बैंक र स्टार हस्पिटलबीच सहकार्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल लिमिटेड, सानेपाबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका तर्फबाट प्रबन्धनिर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।