काठमाडौं, १९ असार । एनआई सी एशिया बैंकले आफ्ना ग्राहकहरुको हितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग कृयाकलापहरु ग्राहकमुखी बनाउने निर्णय गरेको छ ।
सेवालाई अझैं प्रभावकारी बनाउने उद्देश्यका साथ यही मिति २०७५ असार १९ गतेबाट देशका प्रमुखशहरहरूमा अवस्थित २० शाखाहरूबाट बैंकिङ्ग सेवाको समयावधिमा वृद्वि गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोही बमोजिम शाखाहरूमाआइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सक्ने जनाइएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू. १७५ अर्बभन्दा बढी पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्ब पुगी निजीक्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरूमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकिङ्ग कारोबारको बिस्तार गरिएको शाखाहरुको सूची
१ त्रिपुरेश्वर त्रिपुरेश्वर, काठमाण्डौं
२ महाराजगंज महाराजगंज, काठमाण्डौं
३ सामाखुसी सामाखुसी, काठमाण्डौं
४ नयाँबानेश्वर नयाँबानेश्वर, काठमाण्डौं
५ पुल्चोक पुल्चोक, ललितपुर
६ कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
७ ठमेल ठमेल, काठमाण्डौं
८ न्युरोड, बिशालबजार न्युरोड, बिशालबजार, काठमाण्डौं
९ न्युरोड,खिचापोखरी न्युरोड,खिचापोखरी, काठमाण्डौं
१० कमलादी कमलादी, काठमाण्डौं
११ नारायणगढ नारायणगढ, चितवन
१२ वीरगंज वीरगंज, पर्सा
१३ पोखरा महेन्द्रपुल, कास्की
१४ धरान धरान, सुनसरी
१५ बिराटनगर बिराटनगर मेनरोड, मोरङ्ग
१६ इटहरी इटहरी, सुनसरी
१७ बुटवल बुटवल, रुपन्देही
१८ दमक दमक, झापा
१९ बिर्तामोड बिर्तामोड, झापा
२० नेपालगञ्ज नेपालगञ्ज, बाँके















प्रतिक्रिया