४ कार्तिक २०८३, बुधबार

आधुनिक प्रविधिको साथमा नेपाली गीतसंगीत : उप–निर्देशक भण्डारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ असार । रेडियो नेपालका उप–निर्देशक एवम् वरिष्ठ संगीतकार टिका भण्डारीले नेपाली गीत–संगीतको मार्ग अहिले प्रविधिकतर्फ मोडिएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम् ‘के हुँदैछ आजभोलि (मुटुभित्र)’ बोलको गीत सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले यस्तो बताएका हुन ।

‘लक्ष्मी हमाल सांगीतिक पारिवारिक माहोलबाट आएकी गायिका हुनुहुन्छ, गीत संगीतको भविष्य उज्ज्वल हुन्छ, तपाईपनि यसमा निरन्तर लागि रहनुपर्छ, पछिल्लो समयमा नेपाली गीत–संगीतलाई विकास र विस्तार गर्नको लागि आधुनिक प्रविधिहरुको साथ छ’, उनले भने, राम्रो रचनालाई युटुव, रेडियो, एफएम, टेलिभिजन लगायतका विभिन्न साधनहरुमा बज्छन्, दर्शक स्रोताहरुले त्यसको मूल्याङ्कन गर्नुहुन्छ, यो गीत शास्त्रीय संगीतमा छ, यस गीतका संगीतकार संगीतमा निक्कै झुमेको व्यक्ति हो, भड्कीला गीतहरुले राज जमाईरहेका बेलामा यस्तो पुरानो पाराको गीत सुन्दा आनन्द आयो, गीतको सफलताको शुभकामना छ।’

कार्यक्रममा गायक हेमन्त शर्माले जीवन अपूर्ण र सिकाईको सार भएकोले एउटै गीत सुनेर वा हेरेर गायक तथा गायिकाको मूल्याङ्कन गर्न नसिकिने स्पष्ट पारे ।

उनले भने, ‘लक्ष्मी हमालको स्वर मिठो छ, आजमात्रै उहाँको गीत सुनें, हेरेर राम्रो लाग्यो, मानिस कहिल्यै पूर्ण हुँदैन, प्रत्येक पाईलाहरुमा सिकाई हुन्छ, उ सिक्दै जान्छ, जीन्दगी नै सिकाई हो ।’

‘के हुँदैछ आजभोलि’ गीतका संगीतकार तथा एरेन्जर सञ्जय हमालले गीत– संगीतको मर्म र भावनालाई बचाई राख्नेमा आफू निरन्तर लागि रहने बताए ।