४ कार्तिक २०८३, बुधबार

गायिका सिर्जनाको तीज गीत ‘माईतीको आँगनी’ बजारमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,  १८ असार। संचारकर्मी सिर्जना थापा खनालको तीज गीत ‘माईतीको आँगनी’ बजारमा आएको छ ।सिर्जनाको आफ्नै लय, रचना र स्वर दिएको तीजको गीत माइतीको आँगनी युटुवबाट बजारमा सार्वजनिक गरिएको छ ।

नेपालमा तीज गीतको नाममा संस्कृतिनै बिसर्ने खालका गीतहरु बजारमा आएका बेला आफुले गाएको गीत ‘माइतीको आँगनी’ भने सबैलाई मन पर्ने खालको भएको बताएकी छन् । गायिका थापाले आफुले पहिलो पटक तीजको गीत गाएको बताएकी छिन । उनले यसअघि नै दुई लोक गीतहरु भने बजारमा ल्याएकी थिइन् । सिर्जना लोक साहित्य र लोक दोहोरीका क्षेत्रमा बिशेष दखल राख्ने संचारकर्मी हुन ।

गीतको लय, शब्द र स्वर उनको आफ्नै हो । यो गीतलाई रिमा रेकर्डिंगमा रेकर्ड गरिएको हो भने म्युजिक नेपाल मार्फत बजारमा आएको हो ।