४ कार्तिक २०८३, बुधबार

गायिका शाहलाई यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार वरिष्ठ गायिका एवम् साहित्यकार चन्द्रकला शाहलाई प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष कमलमणि देवकोटाको संयोजकत्वमा गठित प्रकाश केसी र छविलाल कोपिला सहितको पुरस्कार छनौट समितिले यस वर्षको पुरस्कार गायिका शाहलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार संस्थापक मनोज बुढाथोकीले आफ्ना पिता यज्ञबहादुर बुढाथोकीको स्मृतिमा अक्षयकोष स्थापना गरी दाङको साहित्य, संगीत, कला, संस्कृतिमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्य रहेकोे बताएका छन् ।

परिषद्ले पहिलो पुरस्कार युवा संगीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको थियो । असार ३० गते परिषद्को वार्षिक कार्यक्रममा वरिष्ठ गायिका शाहलाई पुरस्कार प्रदान गरिनेछ ।