४ कार्तिक २०८३, बुधबार

बलिउड अभिनेत्रीको ट्वीटले यसरी भयो काठमाडौंको बद्नाम

11k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । बलिउड अभिनेत्री जुही चावलाले गरेको ट्वीटले काठमाडौंको बद्नाम भएको भन्दै आलोचना भएको छ ।

अभिनेत्री चावलाले काठमाडौं भ्रमणका क्रममा धुलो, धुँवा, ट्राफिक जाम र फोहरले समस्या भएको बताएकी छिन् । अभिनेत्री चावलाले फोहर, धुलो, धुँवाका कारण आफूले नाकमुखमा मास्क लगाएर यात्रा गरेको ट्वीटमार्फत जनाएकी छिन् ।

शनिबार अभिनेत्री चावलाले पशुपतिनाथको मन्दिरमा पूजा गरेपछि गाडी कुर्दै गरेका बेला मुख छोपेर बसेको तस्बिर पनि ट्वीट गरेकी छिन् ।


ट्वीटले काठमाडौंको बास्तविकता झल्काए पनि त्यसबाट नेपाली समर्थकहरूको मन दुखाएको छ ।

बलिउड अभिनेत्री चावलाको ट्वीटको नेपालीहरूले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

बेलाबेला बलिउडका कलाकारले नेपालविरुद्ध अभिव्यक्ति दिने गरेका छन् । उनीहरूले नेपाललाई होच्याउने गर्दा नेपालीहरूको आलोचना पनि खेप्दै आएका छन् ।