२ कार्तिक २०८३, सोमबार

ग्लोबल आइएमईद्वारा मंगल जनविजय स्कुललाई ५ थान कम्प्युटर सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ असार । ग्लोबल आइएमई बैंक लिमिलेटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका– ९, मंगलटार स्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले मिति शनिबार कम्प्युटर हस्तान्तरण गरेको हो ।

कम्प्युटर हस्तान्तरण कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एव्म वरिष्ठ पत्रकार तथा विश्लेषक श्याम श्रेष्ठ, ग्लोबल आइएमई बैंककी सहायक महाप्रबन्धक आरती राणा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंकले मंगल जन विजय माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरि सहयोग गरेकोमा धन्यवाद बैंक तथा वित्तिय संस्थाहरुलाई यस्ता सामाजिक उत्तरदायित्वका गतिबिधिमा सहभागी हुन आग्रह गरे ।

सोहि समारोहमा बोल्दै ग्लोबल आइएमई बैंककि सहायक महाप्रबन्धक आरती राणाले भूकम्पबाट क्षति पुगेको विद्यालयका बिद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुर्‍याउनका लागि बैंकले ५ थान कम्प्युटर सहयोग गरेको जानकारी गराउँदै भविष्यमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई सँधै प्राथमिकतामा राखेर अगाडी बढ्ने बताइन् । कार्यक्रमका बोल्दै सांसद एवं पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठले बैंक तथा वित्तिय सस्ंथाले बैंकिङ्ग गतिविधिको साथमा समाजको विकासका लागि गरेको सहयोगको स्रहाना गरे ।

२०७२ सालको भूकम्पबाट अति प्रभावित बनेको काभ्रे जिल्लाको मंगल जन विजय माध्यमिक विद्यालयले भूकम्प अगाडी आफ्ना बिद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धि शिक्षा प्रदान गर्दै आइरहेकोमा भूकम्पले गर्दा उक्त बिद्यालयका सम्पूर्ण कम्प्युटरहरु क्षति भएका कारण विद्यालयले कम्प्युटर शिक्षा प्रदान गर्नबाट बञ्चित भएको थियो ।

भूकम्प पश्चात आफ्ना बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्न असमर्थ रहेकोमा ग्लोबल आइएमई बैंकको सहयोग पश्चात उक्त शिक्षा निरन्तरता दिन विद्यालय सफल भएकोमा बिद्यालयका प्रधानध्यापक बासु थापाले ग्लोबल आइएमई बैंकप्रति आभार व्यक्त गरे । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भूकम्प लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्धेश्यले बैंकले १२९ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३२ एटिएम, ९२ वटा शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क  कार्यालय मार्फत आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।