
काठमाडौँ, १६ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना सम्पन्न मेगा बैंक राष्ट्रिय एकल लोक गायन प्रतियोगिता–२०७५ को उपाधी रामकुमार नेपालीले जितेका छन् ।
रामेछाप घर भएका नेपालीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिबाट प्रतिनिधित्व गरेका थिए ।
प्रतियोगितामा रेशम निर्दोष दोस्रो र कर्णाली प्रदेश सुर्खेतकी सुनिता बिसी तेस्रो भए । प्रतियोगितामा देशभरबाट ४८ जनाले भाग लिएका थिए । ४८ मध्यबाट आयोजकले २६ जनालाई फाईनल राउन्डमा छनोट गरेको थियो ।
पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार नगद सहित सम्मान प्राप्त गरेका छन । शान्त्वना पुरस्कार विजेताले २५ हजार प्राप्त गरेका छन् ।
शान्त्वना पुरस्कार चेतन गोतामेलाई प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।















प्रतिक्रिया