काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सञ्जु’ नेपालका मल्टिप्लेक्समा प्रदर्शन भएको छ ।
वितरण अधिकार लिएका चौधरी ग्रुप र गोपीकृष्ण मुभिजले ‘विक डे’ लगायत हलवालाहरूले दर्शकमा दिएको सुविधा दिने सर्तमा तयार भएपछि मल्टिप्लेक्सले चलचित्र लगाउन तयार भएका हुन् ।
मल्टिप्लेक्स र चलचित्रका वितरकबीच शुक्रबार कुरा मिलेपछि सञ्जु मल्टिप्लेक्समा पनि लाग्ने भएको नेपाल चलचित्र संघका द्वितीया उपाध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । शुक्रबार साँझबाट संञ्जु मल्टिप्लेक्समा लागेको हो ।
‘सञ्जु’लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । रणवीर कपूर शीर्ष भूमिकामा देखिएको फिल्म ‘सञ्जु’मा सञ्जय दत्तकी पहिलो प्रेमिका टिना मुनिमको भूमिकामा अभिनेत्री सोनम कपूर छिन् ।
बुबा सुनिल दत्तको भूमिकामा परेश रावल, आमा नरगिसको भूमिकामा मनीषा कोइराला र श्रीमती मान्यता दत्तको भूमिकामा अभिनेत्री दिया मिर्जाको अभिनय रहेको छ ।















प्रतिक्रिया