२ कार्तिक २०८३, सोमबार

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १५ असार । साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ ।

तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो ।

‘केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ आइपुग्नेछ,’उहाँले भन्नुभयो, ‘बस आइसकेपछि यसको सञ्चालन प्रक्रिया अघि बढाइनेछ ।’

बाँकी २० वटा बस पनि केही समयमै उपत्यका भित्रनेछन्, कामु कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिनुभयो ।

अहिले काठमाडौँ उपत्यका र उपत्यका बाहिर साझा यातायातको माग बढिरहेको छ । ‘हामीले माग भएका सबै ठाउँमा बस सञ्चालन गर्न सकेका छैनौँ,’ उहाँले भन्नुभयो ।  -रासस