२१ कार्तिक २०८३, शनिबार

ट्याक्टर नहरमा खस्दा चालकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कञ्चनपुर, १५ असार । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ ।

बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो ।

चालक दासले चलाई रहेको से १ त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो ।

दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनाका कारण भने थाहा हुन सकेको छैन । -रासस