२१ कार्तिक २०८३, शनिबार

झापामा ट्याक्टर र मोटरसाइकल जुध्दा एकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दमक, १५ असार । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ त २७९२ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको मे १० प नम्बरको मोटरसाइकल राति ८ः३० बजे एकआपसमा जुध्दा गम्भीर घाइते भएका राईको उपचारका क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट केर्खाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई अनुसन्धानका लागि प्रहरी चौकीमा राखिएको छ । –रासस