२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकको एकैदिन १४ शाखाबाट कारोबार शुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ असार । एनआईसी एशिया बैंकले लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत बिहीबार १४ शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट कारोवार शुरु गरेको छ ।

बुटवल उपमहानगरपालिका–९, चौराहा, रुपन्देही, बुटवल उपमहानगरपालिका–४, राम मन्दिर लाइन, तिलोत्तमा नगरपालिका–७, भलवारी, रामग्राम नगरपालिका–५, परासी बजार, नवलपरासी र कपिलवस्तु नगरपालिका–३, तौलिहवा, कपिलवस्तुमा शाखा विस्तार भएको हो ।

यसैगरी, विहीबार नै रेसुङ्गा नगरपालिका–१, पुतलीबजार गुल्मी, सुनवल नगरपालिका–१, नवलपरासी, शिवराज नगरपालिका–५, चन्द्रौटा कपिलवस्तु, लुम्बिनी साँस्कृति नगरपालिका–१० रुपन्देही, सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोक रुपन्देहीमा पनि शाखा सञ्चालनमा आएको छ ।

त्यस्तै तिलोत्तमा नगरपालिका–३, ड्राईभर टोल, रुपन्देही, मायादेवी गाउँपालिका–१, पकडी कपिलवस्तु, कोटहिमाई गाउँपालिका–५, मझगाँवा रुपन्देही, शुद्धोधन गाउँपालिका–३, लवनी कपिलवस्तुमा शाखा र महाराजगञ्ज नगरपालिका–१, कपिलवस्तुमा एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको बैंकले जनाएको छ ।

मुलुकभर २२४ शाखा कार्यालय, २१८ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गगर्दै आएको बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा पहिचान बनाएको छ ।

बैंकका ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।