
नवलपुर, १४ असार । नवलपुरमा बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका–५ बागखोरबाट गएराती बलात्कारको आरोपमा दुईजना पक्राउ परेका हुन् ।
स्थानीय ३५ वर्षकी एक महिलालाई बलात्कार गरेको आरोपमा मध्यविन्दु ५ बागखोर बस्ने वर्ष ३२ का भिम बहादुर बोहोरा र सोही ठाँउ बस्ने वर्ष ३१ का पे्रम के.सी लाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटना घटे लगत्तै पीडित महिला र छिमेकीले प्रहरीलाई खबर गरेपछि तत्काल प्रहरी पुगि उनिहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले घटनाका बारेमा अनुसन्धान भईरहेको जानकारी दिए । पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखिएको छ ।
घटनाको बारेमा विस्तृत अध्ययन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया