१ कार्तिक २०८३, शनिबार

प्रत्येक वर्ष बीस हजार भियतनामीलाई कलेजोको क्यान्सर

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हानोई, १४ असार । भियतनाममा प्रत्येक वर्ष २० हजार व्यक्तिलाई कलेजोको क्यान्सर हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

भियतनाम लिभर एण्ड बाइल एसोसिएसनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको अधिकारीहरूले बताएका छन् ।

प्रतिवेदनका अनुसार क्यान्सर रोग वृद्धि हुनुमा रोग पत्ता नलाग्नु र उपचारमा ढिलाई हुनु प्रमुख कारणको रूपमा रहेको छ ।

भियतनाममा भारी मात्रामा मादक पदार्थ सेवन गर्नु नै कलेजो र सिरोसिसको क्यान्सरको प्रमुख कारण भएको विज्ञहरूको भनाई रहेको छ ।

भियतनामको हालको जनसङ्ख्या नौ करोड ५० लाख रहेको र त्यसमा १० प्रतिशतले मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ । सिन्ह्वा