
मुस्को, १३ असार । डिएगो म्यारोडोनाले आफू बिरामी परेको समाचार गलत भएको बताएका छन् ।
अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका ५७ वर्षिय म्यारोडोनाले बुधबार इस्टाग्राममार्फत आफू ठिक रहेको र अस्पतालमा भर्ना पनि नभएको उल्लेख गरेका हुुन । यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नाइजेरियाविरूद्धको खेलको खुसीले म्यारोडोना बिरामी परेको र उनलाई अस्पताल भर्ना गरिएको समाचार सार्वजनिक गरेका थिए ।
उनले मंगलबार राति नाइजेरियाविरूद्ध अर्जेन्टिनाको खेलको हाफ टाइमअघि आफ्नो घाँटी दुःखेको उल्लेख गर्दै रक्तचाप पनि घटेको बताएका छन् । उनले लेखेका छन्–‘त्यहीबेला डाक्टरले जाँचेर मलाई सेकेन्ड हाफभन्दा पहिले नै घर गए हुन्छ भनेका थिए । तर म गइनँ, हामी खतरामा थियौं । यस्तो बेलामा म कसरी जान सक्थें,।’ –एजेन्सी















प्रतिक्रिया