२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया क्यापिटलद्वारा मोबाइल एप सेवाको थालनी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ असार । लगानीकर्तालाई सवल, सूचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवा प्रदान गर्दै आएको एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ ।

मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एनआईसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मूल्य (NAV) को जानकारी, नेप्से बजार रिपोर्टका साथै एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

एनआईसी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निःशुल्क उपलब्ध हुने भएको छ । एनआईसी एशिया क्यापिटल मोबाइल एपमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूुलक सेवाहरु प्रविष्ट गर्दै जाने व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले जानकारी दिए ।

उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती र शिघ्रातिशिघ्र सेवा प्रदान गर्ने एनआईसी एशिया क्यापिटलको प्रतिबद्धताका क्रममा मोबाइल एपले थप मजबूती दिने विश्वास लिइएको छ । साथै सेवाग्राहीहरुसँग सामिप्यता बढाउन एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।