
काठमाडौँ, १३ असार । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता भएको छ ।
जीवन वीमाका लागि ग्राहकको पूर्व स्वास्थ्य परीक्षण अब मेडिसिटी अस्पतालले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन वीमा कम्पनीले गर्ने छ ।
नेपाल मेडिसिटी अस्पताल, भैंसीपाटीमा गरिएको सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरे ।
उक्त अवसरमा कम्पनीका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ र प्रबन्धक उषा खतिवडाको समेत उपस्थिति थियो ।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ ।
सानिमा लाइफ इन्सुरेन्स कम्पनिका ग्राहक र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने गरी सम्झौता भएको हो ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले सानिमा लाईफ इन्सुरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परीक्षण गराउन पाएकोमा खुशी व्यक्त गरे ।
आफ्ना ग्राहक र कर्मचारीहरmको स्वास्थ्यको लागि विभिन्न योजना ल्याउनु साथै अस्पतालसँग निरन्तर काम गर्ने अपेक्षा रहेको कम्पनीका नायव महाप्रबन्धक केसीले बताए ।















प्रतिक्रिया