१ कार्तिक २०८३, आइतबार

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखाबजार, २५ पुस । अगेनामा आगो ताप्ने क्रममा आगोले पोलेर गम्भीर घाइते हुनुभएकी गोरखाको लाप्राक गाविसकी एक वृद्धाको मृत्यु भएको छ । लाप्राक–८ की ६५ वर्षीया आसमानी गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

चिसोबाट बच्न आगो ताप्ने क्रममा कपडामा सल्केर आगोले आसमायालाई पोलेको थियो । आगोले पोलेर तीनसाताअघि गम्भीर हुनुभएको उहाँको उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय स्वास्थ्य संस्थामा उहाँको उपचार गरिएको थियो ।

‘घाउ बल्झिएपछि थप उपचारका लागि भरतपुरस्थित अस्पताल लैजाँदै गर्दा बाटोमै आसमायाको मृत्यु भएछ’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रेशमलाल रेग्मीले भन्नुभयो ।

गुरुङ परम्पराअनुसार आसमायाको शवलाई अन्त्येटि गरिएको छ । गोरखा सदरमुकामबाट लाप्राक २२ कोस टाढाको दूरीमा पर्छ । रासस