२ कार्तिक २०८३, सोमबार

फायरफक्स नयाँ सुविधासहित आउँदै, गुगल क्रोमलाई टक्कर दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १३ असार । इन्टरनेटमा धेरै खोलिने ब्राउजर गुगल क्रोम पर्छ । प्रविधिको प्रयोग र पहुँचसँगै पछिल्लो समय क्रोमलाई टक्‍कर दिन मोजिला फायर फक्सले तयारी गरेको छ ।

फायरफक्सले सन् २००२ मा पहिलो पटक निःशुल्क र ओपन सोर्स ब्राउजर भनेर सार्वजनिक गरिएको थियो । मोजिला फाउन्डेशनले निर्माण गरेको थियो । उसले आफ्नो वेबसाइटमा भनेको पनि थियो, ‘इन्टरनेटसम्‍म पुग्‍न र पुर्‍याउन ग्‍यारेन्टी दिन सधैँ तत्पर रहन्छ ।’

सन् २००८मा क्रोम सार्वजनिक भयो, विस्तारै विस्तारै उसले फायरफक्सको बजार आफ्‍नो कब्जामा लियो । तथ्‍याङ्क प्रस्तुत गर्ने वेबसाइट स्टाटिका डटकमका अनुसार यो वर्ष ६७ प्रतिशत इन्टरनेट ट्राफिक गुगल क्रोम ब्राउजरबाट आएको देखिएको छ ।

बाँकी ब्राउजरहरू धेरै पछाडि छन् । त्‍यसमा ११ प्रतिशत फायरफक्स, ७ प्रतिशत एक्सप्लोरर तथा ५ प्रतिशत सफारीले ओगटेको छ । मोजिलाले पछिल्लोपटक एउटा क्वान्टम ब्राउजर जारी गरेका छन् जसले महिना दिनमै आफ्‍नो फलोअर्स ह्‍वात्तै बढाएका छन् ।

फायर फक्समा इन्स्टल हुने एक्सटेन्सन क्रोमसँग कमै प्रतिस्पर्धा गर्छ तर सुरक्षा भने धेरै दिने बताइएको छ ।

निःशुल्क ब्राउजरमा पनि उपभोक्ताले त्‍यस्तो फिचरलाई सक्रिय बनाउन सक्छन् जसले निजी तथ्‍याङक संकलन गर्नबाट रोक्‍न सक्ने दाबी गरिएको छ । क्रोममा यस्तो गर्न उपभोक्ताले तेस्रो पार्टीको एक्सटेन्सन प्रयोग गर्नु पर्ने हुन्छ ।

फायरफक्स क्वान्टममा फेसबुकलाई सीमित दिने समेत सुविधा दिइएको छ । यसले ग्राहकको सामाजिक सञ्‍जालमा प्रोफाइल छुट्टै रहनेछ भने ब्राउजरमा उसको गतिविधिलाई ट्रयाक कसैले चाहेर पनि गर्न सक्‍दैन ।

अर्को चूङकी फायरफक्स एउटा निःशुल्क ब्राउजर हो । त्‍यसको माध्‍यमबाट व्‍यावसायिक उद्देश्‍यलाई भने पू्र्ति गर्न सक्‍दैन । तथ्‍याङक संकलन गरेर विज्ञापनको लागि बेच्‍ने उसको कुनै उद्देश्‍य छैन ।

केही वेबसाइटले भने फायरफक्सको स्पीड क्रोमको भन्दा धेरै राम्रो छ । केहीले क्रोमलाई नै फास्ट मान्छन् । न्‍यूयोर्क टाइम्सका टेक्नोलोजी एक्सपर्ट ब्रायन एक्स शेनले एउटा लेखमार्फत क्रोमभन्दा फायर फक्सको गति फास्ट भएको बताएका छन् ।

वास्तवमा ब्राउजरलाई फास्ट र हल्का बनाउन मेमोरीको आवश्‍यकता पर्छ । मोजिलाले फायरफक्स क्वान्टममार्फत ३० प्रतिशत कम र्‍याममा समेत तीव्र गतिमा चलाउन सकिने दाबी गरेको छ । उसले ब्‍याट्रीलाई पनि ध्‍यान दिएर ब्राउजरलाई विकास गरेको छ । एजेन्सी