२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे बैंकको लेकसाइड शाखा हल्लनचोकमा सर्‍यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । माछापुच्छ्रे बैंक लिमिटेडले पोखराको वाराहीचोक स्थित लेकसाइड शाखालाई हल्लनचोकमा स्थानान्तरण गरेको छ ।

शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसीले गरे । कार्यक्रममा बैंकका पूूर्व अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद सूूर्य बहादुुर केसी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शाखाको सफलताको लागि शुुभकामना व्यक्त गरे ।

नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटीएमको सुबिधा समेत हल्लनचोकमा स्थानान्तरण गरेका बताएको छ ।

यस बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोहीअबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

उक्त शाखाहरु समेत बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १०६ स्थानबाट बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९० वटा एटीएमहरु संचालनमा रहेको छ ।

यस बैंकले दैनिक बैंकिङ कारोबार संचालन गर्न प्रयोग गरेको बैंकिङ सफ्टवेयर ग्लोबस बिश्वमा नै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।