४ कार्तिक २०८३, बुधबार

धरानकी मेरिनाले चुमिन मिस नेपाल आईडलको ताज

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एवं सौन्दर्य प्रतिष्पर्धा ‘मिस नेपाल आईडल २०१८’ उपाधी धरानकी मेरिना लिम्बुले जितेकी छन् । प्रतिष्पर्धामा सहभागी अन्य १८ जनालाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन । उनले उपाधी सहित मस्ट ब्युटिफुल र मिस पब्लिक च्वईसको टाईटल पनि प्राप्त गरिन ।

त्यस्तै सेकेन्ड रनरअपमा आकृति कुँवर घोसित भईन् । उनले ट्यालेन्ट शोमा प्रस्तुत गरेको नृत्यले बेस्ट ट्यालेन्टको उपाधी पनि प्रात गरिन । थर्ड रनरअप रक्षा भुजेल घोसित भईन् । उनले उपाधी सहित बेस्ट पर्सानालिटी अवार्ड पनि प्राप्त गरिन भने बेस्ट फिगर तथा मस्ट पपुलरको ताज कृजु महर्जनले हात पारिन् ।

त्यस्तै अन्य विभिन्न विधामा प्रतिष्पर्धीहरुले सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट फोटोजेनिक अवार्ड बर्षा महर्जन, बेस्ट डिसिप्लिन सुजता थापा, बेस्ट स्माईल स्‍मृति बोहरा, बेस्ट हेयर अस्मिता तमाङ, बेस्ट कम्प्लेक्सन मिना पुन, बेस्ट स्किन कंचन यादव, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस सैयम श्रेष्ठ, मस्ट पंचल साईना तमाङ, मस्ट चार्मिङ टिनेमा लिम्बु, मस्ट स्मार्ट अलिशा राई, मस्ट एक्टिभ सबिता पोखरेल, मस्ट ईन्टेलिजिन्ट मेरिना लिम्बुले हात पारे ।

प्रतियोगिताको निर्णायक मण्डलमा इन्टरनेसनल मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, नर्सिङ आईडल बिजेता सुनिशा बिष्ट, नायिका तथा मोडल सुष्मा अधिकारी, चर्चित गायक यम बराल र प्रमुख निर्णायकमा मोडल, आरजे भिजे तथा कोरियोग्राफर कला सुब्बा रहेका थिए ।