
काठमाडौँ, १२ असार । जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा एक नयाँ शाखा र ६ शाखारहित बैंकिङ सेवाबाट कारोबार सञ्चालन गरेको छ ।
जाजरकोट जिल्लाको छेडागाड नगरपा लिकावडा नं. ५, थलहमा नयाँ शाखा खोलिएको हो । यसैगरी बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखारहित बैंकिङ कारोवार सुरु गरिएको हो । दार्चुलाको काँडापारीबाट यही असार १४ गतेदेखि शाखा रहित बैंकिङ कारोवार सुरु गर्ने बैंकले जनाएको छ ।
जनता बैंकले देश भरीबाट ११९ शाखा ४७ शाखारहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
साथै सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्यसहित बैंकको रु. १० लाख सम्मको दुर्घटना बीमा र बार्षिक रु. १ लाख सम्मको औषधीउपचार सुविधा सहित आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा रहेको छ ।
यस योजनामार्फत ग्राहकहरुले उच्च प्रतिफल सहितको निक्षेप योजनामा सहभागी भई स्वास्थ्य उपचार सेवा समेत प्राप्त गर्न सक्नेछन् ।















प्रतिक्रिया